🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अफगानिस्तानमा मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यकः राष्ट्रसंघ

न्यूयोर्क । अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ । 

राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ । 

‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो यो सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थले भने ।  बढ्दो भोक, रोक, कुपोषण र असामयिक मृत्यु रोग्न सहयोग गर्न पनि उनले आह्वान गरे ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट बढ्दो छ । मूल्य बृद्धि बढिरहेको छ भने बरोजगार दर उच्च छ । सन् २०२१ मा अफगानिस्तानमा अहिलेसम्मकै खराब खडेरी परेको थियो ।