🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महासचिवमा भिड्न कमरेड पुन पुस २३ गते चीनबाट फर्किने

काठमाडौं । स्वास्थ्य उपचारका लागि चीनस्थित सेनजेन अस्पतालको ९८ दिन लामो बसाई सकेर माओवादी केन्द्रका नेता वर्षमान पुन २०७८  पुस २३ गते काठमाडौं आउने भएका छन् ।

माओवादी केन्द्रको महासचिवको दावी गरिररहेका पुन २५ पुसको केन्द्रीय कमिटी बैठक अघि आउन लागेका हुन् । २५ पुसको केन्द्रीय कमिटीको बैठकअघि महासचिवसहित १५ पदाधिकारीमा सहमति गर्नका लागि माओवादीले तयारी सुरु गरेको छ ।

 २०७८  पुस १९ गतेको पहिलो केन्द्रीय कमिटी बैठक सकिन साथ बाहिरिँदै गर्दा अध्यक्ष प्रचण्डले सोही कुरा उल्लेख गरेका थिए । त्यतिबेला नेता वर्षमान पुन र ओनसरी घर्ती आउन लागेको र उनीहरु आएपछि मात्रै पदाधिकारीकोक टुंगो लगाउने बताएका थिए । पुन महासचिवको दावीमा रहेका कारण उनको अनुपस्थितिमा महासचिव नचुन्ने निर्णयमा माओवादी पुगेको हो ।

     नेता पुनले सहमति भएको अवस्थामा पार्टीका जनुसुकै नेतालाई छोड्न तयार रहेको तर निर्वाचन हुने अवस्थामा आफू सामेल हुने बताइरहेका छन् । चीनबाट प्रचण्डलाई यही सन्देश पठाएका पुनले नेताहरु शक्तिबहादुर बस्नेत, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेताहरुलाई सहमतिका लागि महासचिव छोड्न तयार रहेको तर जनार्दन शर्माका लागि भने छोड्न नसक्ने बताइरहेका छन् ।

शर्मा महासचिवका बलिया दाबेदार हुन् । महाधिवेशन हलमा पनि शर्माको पक्षमा माहोल देखिन्थ्यो । त्यसैले शर्मा चाहिं अरुका छोड्ने भन्दा पनि निर्वाचनबाट भएपनि महासचिवका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।

 अध्यक्ष प्रचण्डसँगको भेटमा पटकपटक नेता शर्माले यही कुरा दोहोर्याएको माओवादी स्रोतको भनाइ छ । शर्मानिकट केन्द्रीय सदस्यहको संख्या ह्वात्तै बढेका कारण पनि शर्मा उत्साहित भएका हुन् ।

 प्रचण्डले जारी गरेको १४७ सदस्यीय केन्द्रीय कमिटीमा शर्मा पक्षधरहरुको संख्या निकै रहेको बताइएको छ । माओवादी केन्द्रको महाधिवेशनमै आइपुग्ने तयारी गरेका पुनलाई अस्पतालले डिस्चार्ज नगरेपछि बसाई लम्बिएको थियो ।