🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा आयाेजित दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८ सम्पन्न

काठमाडाैं । सिन्धुपाल्चोक जिल्लामा तैनाथ नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित "दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८" कार्यक्रम पूर्वी कमाण्ड हे.क्वा.का कमाण्ड सेनापति उपरथी सन्तोष कुमार ढकालको प्रमुख आतिथ्यतामा २०७८ पौष १८ गते सम्पन्न भएको जानकारी सेनाले दिएकाे छ ।

आयाेजक नेपाली सेनाका अनुसार, सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित लार्चा (नेपाल एकीकरण तथा नेपाल तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्ग) देखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ कि.मि. उक्त पदयात्रा संचालन भएको थियो ।

\"\"

\"\"

\"\"

\"\"

  \"\"

नेपाली सेनाले जानकारी दिए अनुसार,  उक्त कार्यक्रममा  नं २६ बाहिनी अड्डाका बाहिनीपति, भोटेकोशी गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु,  गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्य दर्जा, स्थानीय आमा समूह, स्थानीय क्लबका सदस्यहरु तथा अन्य सुरक्षा निकायका फौजहरुको सहभागिता रहेको थियो ।

साथै, पदयात्राको दौरान सहभागी टोलीलाई स्थानीय क्लब तथा झिर्पु प्राथमिक विद्यालय र आमा समूहले विभिन्न स्थानमा स्वागत गर्नुका साथै दुगुनागढीमा स्थानीय शेर्पा समुदायले शेर्पा रीतिरिवाज अनुसार स्वागत गरेका थिए ।

    एकीकरण मार्ग पदयात्रा सिन्धुपाल्चोक जिल्लामा अवस्थित ऐतिहासिक दुगुनागढीमा आई सम्पन्न भएको उक्त कार्यक्रम समापनको दौरान प्रमुख अतिथि उपरथी ढकालले दुगुनागढीस्थित नेपाली सेनाको कमाण्ड पोष्टमा राष्ट्रिय झण्डा झण्डोतोलन समेत गरिएको थियो ।

कमाण्ड सेनापति ढकालले पदयात्राको दौरान स्थानीय आमा समूह, स्थानीय क्लबहरु र भोटेकोशी गाउँपालिकाको सक्रिय सहभागिता तथा आतिथ्य र गढीको संरक्षणमा गरिएका प्रयासहरुको लागि धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रमको समापन गरिएको थियो ।

  नेपाली सेनाको पहलतामा संचालन भइरहेको एकीकरण मार्ग कार्यक्रम अन्तरगत नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग/बाटो तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्द्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्य  अनुरुप  यस  किसिमका  कार्यक्रमहरु आयोजना गरिएको हो ।