🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोमबार भएको यससम्बन्धी सम्झौतमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५(१० प्रतिशत छुट पाउनेछन् । 

सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए । सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे । एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।