🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सार्कस्तरीय विशिष्ट कार्यक्रमले उद्योगी–व्यवसायीहरुमा नयाँ उत्साह !!

काठमाडौंं, २०७४ चैत २ गते । राजनीतिक संक्रमणको अन्त्यसगै समावेशी आर्थिक समृद्धिको मुद्दा उठिरेहका बेला आज २०१८ मार्च १६ देखि १८ सम्म काठमाडौमा ऐतिहासिक आर्थिक समृद्धिमाथि बहस हुन लागेको छ । नेपालका विशिष्ट व्यवसायी सुरज वैद्यको नेतृत्वमा रहेको सार्क चेम्वर अफ कर्मश एण्ड इन्डस्ट्रिको आयोजनामा ऎतिहासिक कार्यक्रम हुन गइरहेको छ  । आजबाट तीन दिनसम्म हुने यो ऎतिहासिक कार्यक्रममा सार्कका ८ वटै मुलुकमा वाणिज्य मन्त्रीहरुको ऐतिहासिक भेटघाट र अन्तर्क्रिया पनि हुनेछ । आर्थिक विकासका संभावना र चुनौतीदेखि लगानीको वातावरणसम्मका विषयमा छलफल र बहस हुनेछ ।

विभिन्न दातृनिकाय निकाय तथा वित्तिय संस्थाका प्रतिनिधिहरु समेतले यस कार्यक्रममा भाग लिनेछन् । ४ वर्षपछि हुन लागेको सार्कस्तरीय यो ऎतिहासिक कार्यक्रमले उद्योगी–व्यवसायीमा उत्साह पैदा गरेको बताइएको छ।  यो कार्यक्रममा भाग लिने  विशिष्ट पाहुना तथा सबै सहभागीहरु नेपाल आउनेक्रम जारी रहेको  बताइएको छ।

‘सार्क विजनेश लिडर्स  कन्क्लेभ २०१८’ नाम दिएको उक्त कार्यक्रमकका लािग सार्क चेम्बरका अध्यक्ष् सुरज वैद्यको पहलमा हुन लागेका हो । विगत ४ बर्षदेखि हुन नसकेको यस्तो कार्यक्रममा नेपालमा भने पहिलो पटक हुन थालेको हो । वैद्यको पहलमा हुन लागेको कार्यक्रमलाई सरकारले पनि साथ दिएको छ ।

आज १६ मार्चको बेलुका ५ बजेबाट ह्यात रिजेन्सी होटलमा प्रधानमन्त्री केपी शर्मा ओली उदघाटन गर्नेछन् । उद्घाटनपछि वाणिज्यमन्त्री मातृका यादव, उद्योग वा वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासहितले प्रधानमन्त्री ओलीको विशेष मन्तव्य पछि पहिलो दिनको कार्यक्रम डिनरसगै समामन हुनेछ । दोस्रो र तेस्रो दिन भने आर्थिक विषयमा बहस हुनेछन् । ती दुई दिनमा करीब ६० जना राजनीतिकर्मी तथा विज्ञले धारणाले राख्नेछन ।

दक्षिण एशियाको आर्थिक समृद्धिका स्रोतसाधान, उपयोगको संभावना, चुनौती तथा तिनको समाधानका उपायसहित परिवर्तित अवस्था र दक्षिण  एशीयाली मुलुको साझा धरातलमाथि छलफल, बहस हुनेछ ।  सार्क मुलुकमा विज्ञ तथा वाणिज्य मन्त्रीहरुले दक्षिण एशियाको समृद्धिका लागि एकीकृत आर्थिक विकासबारे एकआपसमा साटासाट गर्नेछन् । सार्क चेम्वर अफ कर्मशले आयोजना गरेको यो विशिष्ट कार्यक्रमबाट सार्क मुलुकको ब्यापार र उद्योगका लागि ठोस निष्कर्षका साथै यी मुलुकहरुबीच बढ्दो ब्यापारघाटाका विषयमा  ऎतिहसिक निर्णय लिने  अपेक्षा बुद्धिजीवीहरुले गरेका छन्।  

को को बोल्नेछन्

उक्त कार्यक्रममा सार्कका ८ वटा मुलुकमा वाणिज्य मन्त्रीसहित नेपालस्थित युएडिपीका नेपाल प्रतिनिधि, अमेरिकी राजदूत, अष्ट्रलियन राजदूत, विश्व बैंकलगायतका प्रतिनिधिलिे पनि विचार राख्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तव्य राख्नेछन् । भारतका वाणिज्य तथा आपुर्ति मन्त्री सुरेश प्रभु, नेपालका  वाणिज्य तथा आपूर्ति मन्त्री मातृका  यादव माल्दिभ्सका आर्थिक विकास मन्त्री मोहम्मद साइद, अफगानिस्तानका वाणिज्य तथा आपूर्ति मन्त्री हुम्यान रसाव, पाकिस्तानका अर्थ राज्यमन्त्री मोहम्मद अफजाल खान, बंगलादेशका वाणिज्य मन्त्री तोफाल अहमेद, श्रीलंकाका उद्योग तथा वाणिज्य मन्त्री रिसाद वधियुथीन  र भुटानका आर्थिक मामिला मन्त्री ल्योन्पो दोर्जीको सहभागी हुने निश्चित भएको छ ।

श्रीलंकाकी पूर्व राष्ट्रपति चन्द्रीका कुमारातुंगा,नेपाल राष्ट्र वैकका गर्भनर चिरिञ्जीबी  नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीलगातले आफ्नो धारणा राख्नेछन् । साथै, वंगादेश वमन चेम्वर अफ कर्मश एण्ड इन्डस्ट्रिकी अध्यक्ष सलिमा अहमदलगायतका दक्षिण  एशियाका विभिन्न मुलुकमा निजी औद्योगिक प्रतिष्ठानका प्रमुखहरुको सहभागिता हुनेछ ।