🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घरमा लुकाई राखेको पल्सर मोटरसाईकल सहित दुई जना पक्राउ

पुस ७ गते, काठमाडौँ । काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गा.पा. ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गा.पा. १ घर भई लामबगर बस्दै आएको बर्ष २२ को बुद्धि बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यहि मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका -८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाईकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।