🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रसंघद्धारा यमनलाई दिदै आएको सहयोग कटौती

साना। संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । 

“द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,” डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

 
सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई छ ।यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ । 

द्वन्द्वका कारण ठूलो जनधनको क्षति भएको छ भने खाद्य संकट पनि उत्पन्न हुने गरेको छ । देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नु पर्ने अवस्था रहेको छ । (रासस÷एएफपी)