🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवाहको तयारीमा अर्जुन कपुर र मलाइका अरोरा

मुम्बई । बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ । अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ । हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् । उनको बुझाइमा अर्जुन इमोसनल पार्टनर हुन् भने मलाइका प्रयोगात्मक छिन् ।

‘यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन । यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’, ज्योतिषले भनेका छन् । ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन् ।

हालैमात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन् । मलाइकाले आफू र अर्जुनको सम्बन्धका बारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन् । सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए । (एजेन्सी)