🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१२ दिनपछि पृथ्वीमा फर्किएका जापानी अर्बपति भन्छन्, अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो

 

ओसाका, ५ पुस : १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन् । मेजावासँगै  रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र बाथरुमको प्रयोग गरेका थिए ।

युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा जाने बारेमा बताएका छन् । एउटा भिडियोमा अन्तरिक्ष स्टेसनमा रहँदा आफूले शान्तिको सास फेरको बताएका छन् । 

अन्तरिक्षमा पिसाब फेर्न सहज भएको उनले बताएका छन् । ‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ,’ सोली आकारको एउटा भाँडोलाई देखाउँदै उनले भने । 
अर्को एउटा भिडियोमा मेजावाले चिया कसरी पिउने र जिरो गुरुत्वाकर्षणमा कसरी सुत्ने भन्ने बारेमा फलोअर्सहरुलाई  देखाएका छन् । 

अन्तरिक्षमा उनले गल्फ खेल्ने, कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको थियो ।

मेजावा आफ्नो अनौठो सोख बोकेर १२ दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन प्रस्थान गरेका थिए । 

कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, पछि कार्यक्रम रद्द गरेका थिए ।

मेजावा जापानका ३०औँ धनाढ्य हुन् । उनीसँग करिव दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।

यात्राअघि मेजावालले घुमिरहेको मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युवमा अपलोड गरेका थिए ।

एजेन्सी