🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केपिलासगढीमा जीप तथा बसको भाडा निर्धारण

खोटाङ । केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबाट छुट्ने लामा तथा छोटा दुरीका जीप तथा बसको भाडा निर्धारण भएको छ । गाउँ कार्यपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले केपिलासगढी गाउँपालिका(४ बाक्सिलाबाट छुट्ने जीप तथा बसको भाडा निर्धारण गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले जीपबाट बाक्सिला-काठ्माण्डौंको एकतर्फी जनही २५ सय, बाक्सिला(कटारी(धरानका लागि २७ सय, बाक्सिला गाईघाट(धरानका लागि २४ सय भाडा निर्धारण गरेको छ ।

यस्तै, बाक्सिला–हुर्लुङका लागि ६ सय, बाक्सिला–दिक्तेलका लागि सात सय, बाक्सिला–थर्पुका लागि एक सय, बाक्सिला–आम्बोटेका लागि एक सय ५०, बाक्सिला–जालपाका लागि तीन सय ५०, बाक्सिला–महुरेका लागि सात सय, बाक्सिला–अर्खौलेका लागि आठ सय ५०, बाक्सिला–हलेसीका लागि एक हजार, बाक्सिला–च्यास्मिटारका लागि १३ सय, बाक्सिला–जयरामका लागि १४ सय भाडा तोकिएको छ ।

बाक्सिला–हिलेपानीका लागि १५ सय, बाक्सिला–घुर्मीका लागि १६ सय, बाक्सिला–रसुवाका लागि १५ सय, बाक्सिला–गाईघाटका लागि दुई हजार, बाक्सिला–बेलटारका लागि २२ सय र बाक्सिला–कटारीका लागि २१ सय रुपैयाँ भाडा तोकिएको गाउँपालिकाले जनाएको छ ।

बसमा बाक्सिला–हुर्लुङका लागि पाँच सय, बाक्सिला–दिक्तेलका लागि ६ सय, बाक्सिला थर्पुका लागि एक सय, बाक्सिला–आम्बोटेका लागि एक सय ५० र बाक्सिला–जालपाका लागि तीन रुपैयाँ भाडा निर्धारण गरिएको छ ।