🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णेल मुकारुङको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २७ फागुन । गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरूको म्युजिक भिडियो राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । नेपाली सेनाका महासेनानी समेत रहेका गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र भर्खरै सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त जीवनको ‘चियाबारीको पातैपात’ बोलमाथि निर्मित म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा खोलाको बाइस जंँघार तरेर चतरा आइपुग्नुपर्ने बाध्यता, अरुण नदीको परिवेश आदि तथा जीवनका गीतमा इलामेली परिवेश, चियाबारी, माईपोखरी जस्ता विषय समेटिएका समीक्षकहरूले बताउनुभएको थियो ।

गीतमा संगीतकार वसन्त मुकारुङले संगीत दिएको छ भने अशोक मुकारुङ र मुस्कान मुकारुङको स्वर रहेको छ । विज्ञान राई र जीवन मुकारुङले निर्देशन भिडियोमा योगेन्द्र राई, चाँदनी राई, अशोक मुकारुङ, युनिशा श्रेष्ठ, मन्दिप मुकारुङ र सिमरन श्रेष्ठको अभिनय रहेको छ ।  

गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. नवराज लम्सालले ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीतबाट परिचित गीतकार गंगाराजले नयाँ गीतमा भोजपुरको संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल भएको बताए ।

संगीतकार आभाषले ती गीत ‘स्वान्त सुखायःका’रुपमा आएका तर बजारबाट निर्देशित नभएको बताए ।

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले ती गीतमा माटो र संस्कृतिको सम्मिश्रण रहेको बताउनुभयो । मुकारुङ परिवारका तीन पुस्ताले उक्त गीतमा काम गरेका हुन् । साथै नाति पुस्ताका मुस्कान मुकारुङको स्वर पहिलो चोटी रेकर्डिङ भएको छ ।