🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

न्युाेर्क। अमेरिकाले उत्पादन हुने खानेकुराकाे एक तिहाई खानेकुरा फाल्ने गरेकाे छ । अमेरिकाकाे वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै साे जानाकारी दिएकाे हाे । अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यन्न फाेहर अ‌ाधा कटाैती गर्ने प्रतिबद्धता जनाएकाे थियाे ।

खाद्यन्न हिनामिना गर्दा लाखाैं डलर नाेक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलाे परिणााममा खाद्यन्न फाेहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन् ।

'सन् २०१५ मा पेरिस सम्झाैतामा उल्लेख भएबमाेजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छ', प्रतिवेदनमा भनिएकाे छ ।

'जिवास्मबाट निस्काशन हुने इन्धन राेक्न सके पनि खाद्य फाेहर फाल्ने अहिलेकाे प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,' प्रतिवेदनमा भनिएकाे छ । अमेरिकामा वर्षेनी ७ कराेड ३० लाख देखि १५ कराेड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेकाे भन्दै याे खाद्यन्नले वर्षेनी १५ कराेड मानिसलाई खान पुग्ने इपीएचले जनाएकाे छ ।

सन् २०१५ मा अमेरिकाकाे कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुकाे सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घाेषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नकाे ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेकाे थियाे । एजेन्सी