🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैंकिङ कारोबारका लागि कामपा र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौँ, २० मङ्सिर (रासस) : बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच आज सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो ।

    कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ ।

वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा भए पनि काउन्टर खोल्नुपर्ने सम्झौतामा उल्लेख छ । कामपालाई सेवाग्राहीले बुझाउनुपर्ने सबै प्रकारका रकम सोझै बैंकमा जम्मा गरिने छ ।  

    सम्झौतापछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कामपाको आर्थिक कारोबार पूर्ण रुपमा बैंकमार्फत हुन थालेपछि वित्तीय सुशासन कायम हुने बताउनुभयो ।  “अब सबै वडामा बैंकको शाखा हुनेछ,” उहाँले भन्नुभयो, “आर्थिक कारोबार अनलाइन प्रणालीबाट सञ्चालन हुनेछ ।” बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले कामपासँगको  साझेदारी महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । बैंकले महानगरको केन्द्रीय कार्यालयमा एटिएमको सुविधा प्रदान गर्नेछ ।
–––