🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्वान 

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । 

कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ ।