काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका एकजना पूर्वप्रहरी महानिरीक्षक(आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन् ।
पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ३४औं ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
(यस अघि पूर्व पूर्वआईजीपी रविन्द्र प्रताप शाह पनि निर्वाचित भनी समाचार भूलबस प्रसारण हुन गएकाेमा क्षमा चाहन्छाैं । राप्रपाबाट निर्वाचित रविन्द्र प्रताप शाहकाे नाम मात्र मिल्न गएकाे जानकारी हुन आएकाले समाचारकाे भूल सुधार गरिएकाे छ-साँघु समाचार डेस्क)



