झापा, २०७८ मंसिर १५ गते ।झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ वर्षीया सरिता वि.क. रहेकी छिन् ।
मंसिर १३ गते दिँउसो साढे ३ बजे लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वि.क.ले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारे पश्चात उनलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकी वि.क.को ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।



