🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्लाहीमा ४६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा

सर्लाही। कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् । शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप लगाएकाहरू अहिले धमाधम दोस्रो मात्रा खोप लगाई रहेको बताएका छन् । आइतबारसम्म उनीहरू सबैले पूर्णमात्रा खोप लगाई सक्ने उनको भनाइ छ ।

जिल्लामा १८ वर्ष माथिका खोप लगाउने उमेरका झण्डै ५ लाख २१ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार जिल्लामा अझै २ लाख ५० हजारको हाराहारीमा कोरोना खोप लगाउन बाँकी रहेको डाक्टर झाको भनाई छ ।

जिल्लामा उपलब्धताको आधारमा प्राप्त खोप प्राथमिकताको आधारमा लगाउने गरिएको उनले बताए । यस पहिले खोप लगाउने लक्षित समूहका कारण आफूहरूले सोचेको लक्ष्य पुरा नभएको उनले सुनाए । दोस्रो लहर सुरुभएदेखि आजसम्म सर्लाहीमा कोरोना संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन् । 

यस्तै जिल्लामा हालसम्म कोरोना संक्रमित हुने संख्या २५ सय २० पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । तर, अहिले जिल्लामा कोही पनि संक्रमित नरहेको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर झाले जनकारी दिए । कोरोना संक्रमितको उपचारको लागि जिल्लामा ४ सय २१ बेड क्षमताको १४ स्थानमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । 

अब प्राप्त हुने खोप स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम १८ वर्ष माथिका सबैलाई लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । आफूहरू खोपको पर्खाइमा रहेको उनले बताए ।  सुरुमा खोपप्रति नकारात्मक दृष्टिकोणका कारण खोप लगाउन आनाकानी गरेका लाभग्राहीको अहिले खोपप्रति आकर्षित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरपछि खोपप्रति लाभग्राहीको आकर्षण ह्वातै बढेको छ ।