🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान

 
इलाम, ४ मंसिर  । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।

चाैहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् ।  चौहानले दुई सय २९ मत ल्याउँदा बास्ताेलाले एक सय ६० मतमै चित्त बुझाए ।

उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन् । उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन् ।

सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन् । विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन् ।

सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे । 

न्युज कारखाना