🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नापी तालिममा मनपरी, लोकसेवामाथि अविश्वास

काठमाडौं । नेपाल सरकारको एक निकायले दिंदैआएको तालिमका लागि लोकसेवा आयोग पास गरेका कर्मचारीलाई पनि पुनः लिखित र अन्तर्वार्ता लिने निर्णय गरेको छ । भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले नापी विभागका कर्मचारीलाई यसअघि ज्येष्ठताका आधारमा जुनियर तालिम दिंदैआएकोमा अब लिखित र अन्तर्वार्ताबाट छनोट गर्ने निर्णय गरी लोकसेवा आयोग जस्तो नेपालको एकमात्र जनविश्वास प्राप्त संबैधानिक निकायको परीक्षामा पास भएकालाई पनि पुनः प्रवेश परीक्षा लिने निर्णय गरेको छ, जुन निर्णय नापीका कर्मचारीहरूबीचमै विवादित बनेको छ । यो निर्णय आर्थिक लेनदेनका आधारमा जुनियर नापी तालिममा छनोट गर्ने निहीत उद्देश्यले गरिएको नापी विभागका एक अधिकारीले बताएका छन् । 
भूमिसुधार तथा ब्यवस्था मन्त्रालय अन्तर्गत धुलिखेलको भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले इन्जीनीयरिङ सेव्“, सर्भे समूहमा कार्यरत कर्मचारीलाई क्षमता अभिबृृद्धिका लागि तालिम दिने गरेको छ । स्टाफ कलेजले ज्येष्ठताका आधारमा निजामती कर्मचारीलाई तालिम दिएजस्तै विगत बर्षमा भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले इन्जीनीयरीङ सेवा, सर्भे समूहमा कार्यरत कर्मचारीलाई निजामती सेवा ऐन र नियमावली अनुसार ज्येष्ठताका आधारमा क्षमता अभिबृद्धि तालिमका लागि विभिन्न किसिमका तालिम दिंदै आएको छ । उक्त तालिम कुनै शैक्षिक उपाधी होइन ।  नेपालभर संचालन हुने एसईई (पहिला एसएलसी भनिन्थ्यो) परीक्षामा विश्वास नभएर स्तरीय कलेजहरूले आफैं प्रवेश परीक्षा लिएर ११ कक्षामा विद्यार्थी छनोट गरी भर्ना गर्दैआएका छन् । तर लोकसेवा आयोगले लिखित परीक्षा र अन्तर्वार्ता लिएर छनोट गरेका कर्मचारीमै विश्वास नभएर भूमि प्रशिक्षण केन्द्रले जुनियर नापी तालिमका लागि पुनः लिखित र अन्तर्वार्ता लिने निर्णय गरी परिपत्र गरेको छ । जुन निर्णय विवादित बनेको छ ।
प्रशिक्षण केन्द्रले जुनियर नापी तालिमका लागि भाग लिनका लागि परीक्षा लिन नापी विभागलाई परिपत्र गरेको छ । केन्द्रको परिपत्रपछि नापी विभागले २०७४ असार ९ मा तालिममा भाग लिनेहरूका लागि परिपत्र गरेको छ । २०७४ साउन १६ देखि जुनियर नापी तालिम हुने जनाइएको छ । उक्त तालिम १ बर्ष अवधिको हुनेछ ।
लोकसेवा आयोगमा सयौं परीक्षार्थीबीचबाट छानिएका कर्मचारीलाई भूमि प्रशिक्षण केन्द्रले पुनः लिखित र अन्तर्वार्ता लिएर मात्र तालिममा छनोट गर्ने निर्णय आर्थिक लाभ लिने उद्देश्यले गरिएको आरोप छ । नापीका अधिकारीहरू जुनियर नापी तालिममा रकम असुलीका लागि लोकसेवा आयोग पास गरेका कर्मचारीलाई पुनः लिखित र अन्तर्वार्ता लिन खोजिएको बताउ“छन् । भूमि प्रशिक्षण केन्द्र धुलिखेलमा विगत १२ बर्षदेखि कार्यरत प्रमुख नापी अधिकृत राजेन्द्र राउतको योजनामा लोकसेवा आयोग पास गरेकालाई पनि पुनः परीक्षा लिने निर्णय गरेको समाचार छ । जुनियर तालिममा अहिलेसम्म ज्येष्ठताका आधारमा स्वतः छानिने भएकाले अतिरिक्त लाभ लिन नसकेपछि पुनः परीक्षा लिने निर्णय गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तालिममा छनोटका लागि पुनः परीक्षा लिने निर्णय गरेपछि घुस दिनेलाई पहिल्यै प्रश्नपत्र आउट गर्ने र पास गराई लाभ लिने चलखेलमा राउत छन् । त्यसका लागि लिखितमा नाम निकालेपछि अन्तर्वार्ता अगाडि १ लाख रुपैया“ बुझाउनेलाई मात्र पास गराउने गरी राउतले डिजाइन गरेको आरोप छ । भूमि प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक(सहसचिव) मोहन चन्द ठकुरी छन् । उनी ओम शान्ति मात्रै जप्ने गर्दछन् । उनलाई नापीका कर्मचारीहरू बाबाको संज्ञा दिने गर्दछन् । कार्यकारी निर्देशक साधु भएकाले केन्द्रका कामकारबाहीमा प्र.ना.अ. राउत हावी हुने गरेका छन् । केन्द्रबाट यस्तो विवादास्पद निर्णय गराउने काम पनि राउतले नै गरेका छन् । राउतको मनपरी यसअघिका कार्यकारी निर्देशक कृष्णराज बीसीकोमा पनि चल्ने गरेको कर्मचारी स्रोतले बताएको छ । भूमिसुधार मन्त्रालय अन्तर्गत काठमाडांै उपत्यकाका मालपोत र नापी कार्यालयमा लगातार तीन बर्ष कार्यरत खरिदार र नायबसुब्बालाई बाहिरी जिल्लामा सरुवा गरेर सुधार थालनी गरेका सचिव कृष्णप्रसाद देवकोटाले विगत १२ बर्षदेखि प्रशिक्षण केन्द्रमा कार्यरत प्रनाअ राउतजस्ता कर्मचारीका बारेमा किन चासो नदिएका हुन् ? निजामती सेवा ऐन नियम प्रशिक्षण केन्द्रका कर्मचारीलाई नलाग्ने हो कि भन्ने प्रश्न कर्मचारीले गरेका छन् । उनी नापी अधिकृतदेखि नै केन्द्रमा कार्यरत छन् ।
नापीमा कित्ताकाट गर्ने अमिन, सर्भेक्षक, नापी अधिकृत र प्रमुख नापी अधिकृतले सरकारी जग्गा गैरकानुनी ब्यक्तिको नाममा नापी गर्नेदेखि जग्गा घटाउने र बढाउने गरी लाभ लिने गरेका छन् । तर प्रमुख नापी अधिकृत राउतले भने प्रशिक्षण केन्द्रमा बसेर नै पर्याप्त लाभ लिने गरेका छन् । काभ्रेमै पुख्र्यौली घर भएका राउतले केन्द्रमै बसीबसी काठमाडौंको जडिबुटीमा भब्य बंगला बनाएर पनि नपुगी तालिममा पनि रकम उठाउनका लागि यस्तो विवादास्पद निर्णय गरेको आरोप छ ।