🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पदाधिकारीको गद्दारी, एन्फालाई घाटा

सा“घु खेलकुद प्रतिनिधि
काठमाडौं । कुनै खेलकुद संघमा पदाधिकारीले गद्दारी गर्दा सिड्डो संघलाई नोक्सान भयो भने त्यसको जिम्मा कसले लिने भन्ने चर्चा राष्ट्रिय खेलकुद परिषद्भित्र चुलिएको छ । यो चर्चा हो अखिल नेपाल फुटबल संघ (एन्फा)को । पदाधिकारीले व्यक्तिगत स्वार्थका लागि गरेको गद्दारीले राष्ट्रलाई नाफा दिन नसकेको एन्फाले डेढ करोड रुपैया“ गुमाउने भएको छ । एन्फाले एएफसी कप २०१७ प्ले अफ खेल्नबाट बञ्चित गरेसंगै थ्रीस्टार क्लबलाई डेढ करोड रुपैया“ क्षतिपूर्ति दिने सहमति गरेको हो । मंगोलियामा सन् २०१६ को अगस्टमा प्रारम्भिक चरणको छनोटमा समूहमा शीर्षस्थान हासिल गर्दै थ्रीस्टार अन्तिम प्ले अफमा पुगेको थियो । तर त्यो प्ले अफ भने थ्रीस्टारले एन्फाको गद्दारीले खेल्न पाएन । 
एसियाली फुटबल महासंघ एएफसीले चारपल्ट पत्राचार गर्दा पनि एन्फाले निर्धारित समयसम्म टिम दर्ता नगरेपछि थ्रीस्टारले प्ले अफ खेल्न नपाएको हो । 
त्यसपछि थ्रीस्टारले ६ करोड क्षतिपूर्ति माग गर्दै फुटबल बहिस्कार गर्ने घोषणा गरेको थियो । त्यसयता थ्रीस्टारले नेपालमै भएका घरेलु कुनै पनि नकआउट प्रतियोगितामा भाग लिएन । एन्फाले तत्काल गल्ती भएको स्वीकारसमेत गरेको थियो । तर गल्ती भए पनि सजाय भोग्न तयार भएन । 
एन्फामा अहिले अध्यक्ष नरेन्द्र श्रेष्ठसंगै महासचिव धिरेन्द्र प्रधानको हैकम चल्छ । त्यसैगरी सीइओ इन्द्रमान तुलाधरको पनि त्यत्तिकै हैकम चल्छ । यी प्रत्यक्ष देखिने दृश्य भए पनि प्रशासकीय अधिकृत गोकुल थापा र कहिलेकाहीं कार्वाहीमा परेर १० वर्ष फुटबलबाट टाढा रहेका पूर्व अध्यक्ष गणेश थापाका पीए बसन्त रिजालसमेतले एन्फाको इमेल खोल्ने गरेको स्रोत बताउ“छ । 
त्यतिबेला इन्द्रमान तुलाधर एएफसीको त्यही इमेल खोलेर विदेश गएका थिए । तर त्यसमा रहेको अर्को सूचना थ्रीस्टारबारे चासो दिएनन् । दोषी अध्यक्ष, महासचिव अझ बढी हुन् । उनीहरू नै गैरजिम्मेवार भएपछि त्यसको क्षतिपूर्ति उनीहरूले नै तिनुपर्ने हो । तर उनीहरू त्यसलाई मान्न तयार छैनन् । एन्फा स्रोत भन्छ–क्लवका पदाधिकारीले चासै दिएनन् त्यतिबेला । तर थ्रीस्टारका पदाधिकारीले त्यतिबेलै पत्रकार सम्मेलन गरी भनेका थिए –हामीले पटक पटक चासो राख्दा पनि वास्ता गरिएन । 
त्यसपछि निरन्तर यो विवादलाई सुल्झाउन वार्ता भए । छलफल भए । एन्फा पैसा तिर्न राजी नहुने र क्लव पैसा नछोड्ने । एन्फासंगै धेरैपल्ट वार्ता भए पनि लामो समय समाधान निस्केको थिएन । अन्तिममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टको रोहबरमा एन्फासंग सम्झौता भएपछि थ्रीस्टारले क्षतिपूर्तिस्वरुप डेढ करोड रुपैया“ दिन राजी भएको हो । 
यो सम्झौतालाई थ्रीस्टारले फुटबल विकासका लागि दिएको त्याग भनेको छ भने एन्फाले अगाडि बढ्नका लागि देखाइएको लचकता भनेको छ । जसले जुन भाषा प्रयोग गरे पनि हार भने नेपाली फुटबलकै भएको छ । 
 सहमति अनुसार एन्फाले थ्रीस्टारलाई कम्तीमा दुई वा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने छ । क्षतिपूर्ति रकम टिकट बिक्री, बचत र प्रायोजनबाट गर्ने जनाएको छ । थ्रीस्टारलाई दिने क्षतिपूर्तिले गर्दा अरु क्लव मारमा परेका छन् । अहिले फुटबल क्षेत्रमा एउटै आवाज आइरहेको छ–पदाधिकारीले गरेको गल्तीको सजाय किन अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेहोर्ने ? तसर्थ पदाधिकारी पनि कार्वाहीको भागेदारी हुनुपर्छ भन्ने माग खेलाडीहरूको रहेको छ ।