🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

काठमाडौं ।  आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले चौधरी ग्रुपको सिजी ब्रुअरीअन्तर्गतको नेपाल आइसको मुख्य प्रायोजन पाएको छ ।  यस्तै शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुने लिगका लागि शेर्पालाई केटीएम सिटीले किट प्रायोजन गर्ने भएको छ । शेर्पाले बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल आइस र किट प्रायोजक केटीएम सिटीसँग सम्झौता गरेको हो ।

शेर्पाका कार्यबाहक अध्यक्ष फुपु दोर्जे शेर्पा र सिजी ब्रुअरीका प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे । शेर्पा २०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता शेर्पाले नियमित लिग खेलिरहेको छ । शेर्पाले लिगको आफ्नो पहिलो खेलमा शनिबार संकटा क्लबसँग खेल्नेछ । उद्घाटन खेलमा भने फ्रेन्डस क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ  ।