🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भड्किलो प्रचारमा रोक

गण्डकी  । नेपाली कांग्रेस कास्कीले पार्टीको अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ भड्किलो प्रचारमा रोक लगाउने निर्णय गरेको हो ।

    यो निर्णयसँगै अब कुनै पनि उम्मेदवारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । “उम्मेदवारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।”

    निर्वाचनस्थलमा उम्मेदवारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि नपाइने र ब्यानर प्रदर्शनमा समेत रोक लगाइएको छ । बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो । पार्टीका प्रदेश, क्षेत्र र जिल्लाका अधिवेशन नजिकिँदै गर्दा कास्कीमा पार्टीको चुनावी चहलपहल बढेको छ । अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवार बन्न चाहने पार्टीका नेता तथा कार्यकर्ताले यतिखेर आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन् ।