🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युरोप र एसियाभर वर्ड फ्लू देखिएपछि त्रास

सीउल, ३० कात्तिक।  पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा परेको छ । प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआइई) ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा वर्ड फ्लू्र देखिएको जनाएको छ ।

वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण कोरियामा देखिएको छ । वर्ड फ्लूकाकारण दक्षिण कोरियामा ७ लाख ७० हजार कुखुरा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ । त्यस्तै, उत्तरपूर्वी जापानमा पनि फ्लूको महामारी देखिएको छ । जापानमा सन् २०२१ को हिउँदपछि पहिलो पटक वर्ड फ्लू्र देखिएको हो ।

त्यस्तै, नर्वेका सात हजार चराचुरुङ्गीमा वर्ड फ्लूको नयाँ भेरियन्ट एच ५ एन १ देखिएको छ । जंगली हाँसमा वर्ड फ्लू्को उच्च भेरियन्ट देखा परेपछि बेल्जियम सरकारले कुखुरालाई घरभित्रै राख्न निर्देशन दिएको छ । त्यस्तै, फ्रान्स र नेदरल्यान्डमा पनि फ्लू नियन्त्रणका विभिन्न कदम कदम चालिएका छन् ।

भारत र मध्येपूर्वका केही क्षेत्रमा पनि वर्ड फ्लू्र देखिएको छ । चीनमा जुनमा पहिलो पटक वर्ड फ्लूको नयाँ भेरियन्ट एच १० एन३ भाइरस देखिएको थियो । चीनमा एच ५ एन ६ एभियन इन्फ्ल्युन्जाका २१ ओटा घटना देखिएका छन् ।
एजेन्सी