🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकादशी मेलाका लागि दुई गाउँपालिकामा सार्वजनिक बिदा 

खोटाङ। खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधनी एकाशीको अवसरमा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएका हुन् । नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ । 

बराहपोखरी गाउँपालिकाले ७ कात्तिकमा बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाभित्र सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जारी गरेको सूचनामा उल्लेख छ । जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले शुक्रबार शुक्रबार जारी गरेको सूचनामा गाउँपालिका नजिकै रहेको बराहपोखरी मन्दिरमा एकादशी (तुलसी विवाह)का दिन धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको उल्लेख छ । दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधनी एकाशीका बेला सार्वजनिक बिदा दिँदै आएको छ । 

बराहपोखरीमा लाग्ने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन दुबै गाउँपालिका र बराहपोखरी विकास समितिले स्वयंसेवक परिचालन गरेको जनाएको छ । मेलालाई लक्षित गर्दै सुरक्षकर्मी पनि परिचालन गरिएको छ । हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

समुन्द्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ । बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ । 

 हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् । चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ । बराहपोखरीमा मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताईन्छ ।

 पर्यटनको प्रचुर सम्भावना भएपनि ओझेलमा रहेको बराहपोखरी सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको छ ।