🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यात्रुबाहक बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

धनुषा । धनुषामा आज बिहान एउटा यात्रुबाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ । 

आज बिहान ना ६ ख ७१०२ नं को बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले सडकबाट तल खसेको बसमा आफै आगो लागेको बताउनुभयो । 

प्रहरी निरीक्षक सुवेदीले बस दुर्घटनाको क्रममा पल्टिँदा तेल ट्याङ्की फुटेर बसमा आगो लागेको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । घाइतेको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सातजना महिला, चार जना पुरुष र एक बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो ।

घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र बाँकी यात्री सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा लागेको आगो ढल्केबरस्थित दङ्गा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बारुणयन्त्रको मद्दतले नियन्त्रण लिएको थियो । आगोमा परी अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ ।