🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले महाधिवेशन प्रतिनिधि छनोट : ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

ओखलढुंगा, २४ कात्तिक।  नेकपा एमालेकाे १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । दुई गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबार भएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए ।

सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधि लैजान खाेजेपछि निर्वाचनमा जान सदस्यहरुले जाेड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यकाे प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएकाे बताए ।

एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतकाे एक समूह र यज्ञराज सुनुवार, किशाेर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतकाे अर्काे समूह बनेकाे छ । यी दुई समूहबीच प्रतिनिधि काे पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएकाे हाे ।

माओवादीबाट आएका बालकृष्ण ढुंगेलकाे समूह अम्बीर गुरुङसँग जाेडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।

साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष माेहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ-ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज-किशाेर समूह नजिक रहेकाे बताइएकाे छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटकाे विषयमा अध्यक्ष श्रेष्ठकाे भनाभनकै तहमा विवाद भएकाे एक नेताले जानकारी दिए ।

पालिका अधिवेशनबाटै गुट उपगुटकाे सिकार बनेकाे एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ-आफ्नाे समूहकाे गृहकार्यमा नेताहरु जुटेका छन् ।

पालिका तहमा निर्वाचन हुने र त्यसकाे तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएकाे नेता सीताराम गुरुङले बताए । मनाेनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ ।

जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेकाे छैन । एमालेकाे १०औं महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।
न्युज कारखाना