🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवाको अगुवाईमा गाउँमा बत्ती जडान

तनहुँ, १९ कात्तिक । तनहुँमा युवाहरु मिलेर गाउँ उज्यालो बनाएका छन् । भिमाद नगरपालिका–८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँँ उज्यालो पारेका हुन् ।

अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको क्लबका अध्यक्ष नरविर आलेले बताए । २० ठाउँमा सडक बत्ती राखिएको उनले जानकारी दिए । आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ ।

‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौँ’, उनले भने, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरेका थियौं , सुनवाई भएको छैन् ।’  बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताए ।

सडक बत्ती जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ । क्लबले साँस्कृतिक, सांगीतिकलगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्ने गर्दछ ।

न्युज कारखाना