🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले–माओवादीका सांसदलाई शिष्टाचारका १० सूत्र घोकाएर प्रशिक्षण

काठमाडौं, फागुन १९।   वाम गठबन्धनको एकीकृत संसदीय दलको बैठक अहिले संसदभवन, बानेश्वरमा चलिरहेको छ।

एकीकृत बैठकलाइ सम्वोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने,  “अब नयाँ संस्कार र नयाँ कर्यशैलीमा प्रस्तुत हुनैपर्छ। राजा महाराजाको जमाना गयो, जनताको राज हुने बेला हो र त्यसको शुरुवात आजैदेखि यहींबाट गर्ने हो ।”

उनले भने, “हिजो सँगै बस्न नसक्ने नेताहरु आज एउटै थालमा खान थाल्नुलाइ नयाँ युगमा जनता प्रवेश गरेको मान्न सकिन्छ । सुशासन र समृद्धिमा देखिएका फोहोर सफा गर्ने संकल्प पनि वाम ससदीय दलका नेताहरुले गर्नु पर्छ ।”

उक्त बैठकमा पूर्वसभामुख सुभाश नेम्बाङ्गले शिष्टाचारको प्रशिक्षण दिए। प्रशिक्षण क्रममा उनले सांसदहरुलाइ संसद-बैठकभित्र पालन गर्नुपर्ने शिष्टाचारका यी १० सूत्र घोकाए –

१. सभ्य भएर बोल्नू

२. समयमा बैठकमा सामेल हुनू

३. ताली नबजाउनू

४. बोल्ने हो भने संकेतका लागि टेबल बजाउनू

५. नीतिनियम घोक्नू

६. हाइ आए मुख छोपेर गर्नू

७. ननिदाउनू

८. मोवाइलमा कुरा नगर्नू

९. एकआपसमा कुरा नगर्नू

१०. संविधान, नीति, नियमका हरेक वाक्य व्यवहारमा उतार्नू]

 सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ ।

संसदमा   दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो ।

प्रशिक्षणमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले  बानेश्वरस्थित संसद् भवन प्रशिक्षण
प्रशिक्षणमा पूर्व सभामुखद्वय सुवासचन्द नेम्वाङ र ओनसरी घर्तीले संसदीय प्रक्रियाका विषयमा प्रशिक्षण दिएका छन् ।

२०७४ फागुन २० गते भोलि आइतबार संघीय सांसदको शपथ कार्यक्रम तोकिएको छ । प्रशिक्षणमा सहभागी हुन राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदलाई दुबै पार्टीले निर्देशन गरेको थियो ।
–––