🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

बेलायत, १७ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ ।

सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

स्कटल्यान्डको ग्लास्गोमा १४ नोभेम्बरसम्म चल्ने सम्मेलनमा दुवै देशले आफ्ना प्रतिनिधि भने पठाएका छन् ।

विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । त्यस्तै युरोपेली युनियन,  भारत र रसिया क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनमा सी र पुटिन  अनुपस्थित भएको भन्दै उनीहरूको चर्को  आलोचना गरे । वर्तमान समयमा जलवायु महत्वपूर्ण मुद्दा भएको र त्यसबाट दुबै  देश भाग्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । राष्ट्रपति सी सम्मेलनमा सहभागी नभएर गम्भीर ‘भूल’ गरेकोसमेत उनले आरोप लगाए ।

बाइडनले रसियाको जंगल डढेलोले सखाप हुँदा पुटिन टुलुटुलु हरेर बसेको र वन संरक्षणका मुद्दामा मौन बसेको आरोप लगाए ।

वन जंगल संरक्षण गर्ने सवालमा चीन र रसिया दुबै  एकमत छन् । सन् २०३० सम्ममा वन फडानी समाप्त गर्ने प्रतिबद्धतामा रसिया र चीन दुबैले हस्ताक्षर गरेका छन् ।

गत वर्षको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल गर्ने घोषणा गरेका थिए । जति हरितगृह ग्यास उत्सर्जन हुन्छ त्यतिनै मात्रामा त्यसलाई वातावरणबाट सोस्ने प्रक्रियालाई कार्बन न्यूट्रल भनिन्छ । उद्योग, कलकारखाना, यातायातका साधनमा प्रयोग हुने इन्धनबाट हाम्रो वायुमन्डलमा कार्बन उत्सर्जन हुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पुटिन अनुपस्थित हुने दुई महिनाअघि नै रसियाली प्रशासन क्रेमलिनले जानाकारी दिएको थियो । पुटिनको अनुपस्थितिलाई क्रेमलिनले कोभिड महामारीसँग जोडेको छ । अहिले पनि धेरै रसियाली  कोभिडबाट संक्रमित छन् । त्यहाँ कोभिडबाट पछिल्लो एक महिनादेखि  दैनिक औषतमा एक हजार जनाको मृत्यु भएको छ । रसियाको आधा भन्दा बढी जनसंख्याले खोप लगाएको छैन् ।

तर, एक महिनाअघि भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रसियालाई सन् २०६० सम्ममा  कार्बन न्यूट्रलको अवस्थामा पुर्‍याउने  पुटिनले प्रतिबद्धता जनाएका थिए ।

यसअघि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिकाले हात निकालेपछि चीन र रसियाले वासिंगटनको चर्को बिरोध गरेका थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन् २०१५ मा भएको एतिहासिक पेरिस सम्झौताबाट हात झिकेको घोषणा गरेका थिए । तर, बाइडेन प्रशासनले अमेरिका सो सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

ट्रम्पको निर्णयपछि सम्झौताको भविश्यका बारेमा विभिन्न आशंका उब्जिएका थिए ।
एजेन्सी