सिफ्ट अनुसार कार्य गर्ने मानिसहरूका लागि रक्तदान यस्तो उपाय हो जसले हृदयघातको खतरा न्यून गर्दछ । यो उपाय एकदमै लाभदायक छ मानिसहरूका लागि । यसले मानिस स्वस्थ पनि हुने र अर्काे कुनै ब्यक्तिले नयाँ जीवन पनि पाउने गर्दछ । यो कुरा हालै भएको एक अध्ययनले खुलासा गरेको हो । सिफ्ट अनुसार काम गर्ने व्यक्तिहरूमा हृदयघातको रोगको दर उच्च देखिएको छ ।
यसका कारण संभवतः मानिसहरू बढी थकित हुने गर्दछन् । जसका कारण जैविक पद्धति स्फूर्त रुपमा पूरा हुन पाउँदैन जसले रगतमा हुने रातो रक्तकोषमा गम्भीर प्रभाव पार्दछ । अष्ट्रियाको इसबु्रक विश्वविद्यालयका अध्ययनकर्ताका अनुसार, रक्तदान गर्दा मानव शरीरमा नयाँ र ताजा एरिथ्रोसाइट बन्नमा सन्तुलन ल्याउँछ । यसकारण नियमित रुपमा रक्तदान गर्ने हो भने सिफ्ट अनुसार काम गर्ने कामदारको कार्डियोभासकुलरको खतरा कम हुने गर्दछ । जसले गर्दा हृदयसम्बन्धी रोगहरूबाट बच्न सकिन्छ ।



