🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुख्यमन्त्री पाण्डेद्वारा शपथ

वाग्मती । वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको गर्नुभएको छ । 

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ  लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय  मन्त्रिपरिषद् बनाउनुभएकोे छ । 

उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा (एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभयो ।

 नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिनुभएको थियोे ।