🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्युजिक भिडियोमा असफल साम्राज्ञी

 

काठमाडौं, ११ कात्तिक  । भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा अनमोल केसीको को–स्टार बनेर डेब्यु गर्ने मौका पाएसँगै साम्राज्ञी आरएल शाहको भाग्य चम्कियो ।

अनमोलसँग जोडी बनेर मात्र होइन, उनकै खुबीको कारण उनी अगाडि बढिन् । त्यसपछि आफू अभिनित फिल्ममार्फत उनले स्टारडम बढाउँदै लागिन् ।

तर, स्टारडमसँगै पब्लिक फिगर भएपछि सोसल मिडियामार्फत दर्शकसामु पुग्ने सिलसिलामा चुक्दा उनी विवादित पनि भइन् । चर्चामै रहँदा साम्राज्ञीलाई धेरै म्युजिक भिडियो अफर भएका छन् । यद्यपि, उनले नट्टु शाहको भिडियो र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग अभिनय गरिन् । 

म्युजिक भिडियोमा खासै नदेखिने एक्ट्रेसमा पर्ने साम्राज्ञी पछिल्लो समय भने भिडियोमा लगातार देखापरिरहिन् । दुई साताको अन्तरालमा उनका दुई भिडियो रिलिज भए ।

निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राजरोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन सेयर गरिन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतमा उनलाई दर्शकले भिडियोमा देखे । 

त्यसपछि उनलाई दर्शकले ‘प्रभाव’ बोलको गीतमा देखे । प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वरमा रहेको गीतमा उनले विवेक खड्कासँग स्क्रिन सेयर गरिन् । तर, दुई गीतले नै उनलाई चर्चामा ल्याउन सकेन ।

फिल्ममा ‘डिमाण्ड’ रहेकी एक्ट्रेसलाई भिडियोमा अभिनय गराउँदा पाइने हाइपको अपेक्षामा रहेका भिडियो निर्माता खिस्स भए । भ्युजको आधारमा ‘माया पिरेम’को केही बढी देखिए पनि ‘प्रभाव’को भ्युज निकै न्यून छ । 

साम्राज्ञीको नामको असरले पनि भिडियोलाई केही फरक नपारेको अनुमान सहजै लगाउन सकिन्छ । एक भिडियो निर्देशकले उनले निम्त्याउने गरेको विवादले उनको क्रेजलाई असर गरेको हुन सक्ने संकेत गरे ।

नाम नखुलाउने सर्तमा ति निर्देशकले भने, ‘उनको कामभन्दा पनि व्यक्तिगत ईस्यूको चर्चा धेरै भयो । सायद त्यसले पनि उनको क्रेज कम गरिरहेको हो कि ।’ त्यसो त डेब्यु फिल्मपछि उनलाई प्रेमजीवनले धेरै नै चर्चामा ल्याउने गरेको छ । 

कामभन्दा बढी अन्य कुराले चर्चामा रहने गरेकी साम्राज्ञीलाई फिल्ममा भने भ्याइनभ्याइ नै छ । तर, उनको मात्र क्रेजको मापन सार्वजनिक दुई भिडियोले पनि गरिरहेको छ । किनकि त्यहाँ चिनिएको अनुहार उनकै नै छ र उनलाई ’फ्री’ मै हेर्नेको संख्या पनि न्यून छ । 

न्युज कारखाना/ फाेटाे, फेसबुक Samragyee