🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तुलसीपुरमा मेयरले वर्तमान अध्यक्षलाई समेत उम्मेदवारी दर्ता गर्न दिएनन्

 

दाङ, १० कात्तिक । नेकपा एमालेको तुलसीपुर उपमहानगरपालिकाको नगर अधिवेशनमा भाँडभैलो भएको छ । वर्तमान अध्यक्षलाई उम्मेदवारी दिनबाट रोकिए पनि अधिवेशनमा भाँडभैलो मच्चिएको हो ।यही कारण मध्यरातमा मात्र नगर कमिटी सार्वजनिक भएको छ ।

वर्तमान अध्यक्षले समेत उम्मेदवारी दिन नपाएपछि नगर अधिवेशनमा असहज अवस्था देखिएको थियो । अध्यक्ष केशवराज सापकोटाले पुन: अध्यक्षमा उम्मेदवारी दिन खोज्दा उनलाई उम्मेदवारी दिनबाट रोकेर वर्तमान सचिवलाई अध्यक्ष बनाएर जबर्जस्त कमिटी घोषणा गरिएको छ । उम्मेदवारी दिन रोकेर अधिवेशनमा जबर्जस्त नयाँ नेतृत्वको नाम अध्यक्षमण्डलले सार्वजनिक गरेको सापकोटाको आरोप छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले अधिवेशनमा दादागिरी गरेर आफूअनुकूलका व्यक्तिलाई अध्यक्षमा ल्याएको र तुलसीपुर एमालेलाई कमजोर बनाएको आरोप सापकोटाले लगाए ।

'पार्टीको अधिवेशनमा वर्तमान अध्यक्षले समेत उम्मेदवारी दिन नपाउने यो कस्तो लोकतन्त्र हो ?', उनले भने, 'मेयर पाण्डेको दादागिरी अधिवेशनमा देखिँदा क्षमतावान् साथीहरू बाहिरिनुपर्‍यो ।' उनले नगर कमिटीका नाममा शक्तिको दुरूपयोग र दादागिरी भएको पनि बताए ।

सापकोटाले आफूलाई पार्टीभित्रकै केही नेताहरूले मनोनयन दर्ता गर्नसमेत नदिएको बताए । 'मलाई उम्मेदवारी दर्ता गर्न नै दिइएन’, सापकोटाले भने, ‘तुलसीपुरका मेयर घनश्याम पाण्डेलगायतले दादागिरीले यस्तो भयो ।’ उम्मेदवारी नै दताए गर्न रोकिएपछि आफू र सच्चा कार्यकर्ता अधिवेशन बहिष्कार गरेर निस्किएको बताए ।

‘मलाई रोकेर माधव वलीलाई नगर अध्यक्ष बनाउन ठूला चलखेल र दादागिरी भयो’, उनले भने, ‘मैले नेताहरूलाई मलाई पार्टी अप्ठ्यारोमा पर्दा मात्र सम्झिनू भनेको छु ।' पार्टीभित्रको सहमतिमा वलीलाई उपाध्यक्ष बनाउने भएको सापकोटाले बताए ।

दाङमा कहाँ कसको नेतृत्व ?

नेकपा एमालेले दाङका १० वटै पालिकाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । पालिका नेतृत्व प्राय: युवाहरूको काँधमा देखिएको छ । नेकपा एमालेको तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटीमा माधव वली, घोराही उपमहानगरको अध्यक्षमा भुवन चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी सर्वसम्मत रूपमा नगर अध्यक्ष चयन भएका छन् ।

त्यस्तै, बबई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर वली, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्ती गाउँ कमिटीमा मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जीसी अध्यक्ष बनेका छन् ।

एमाले दाङका अध्यक्ष टीकाराम खड्काका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो । पालिकामा एक जना महिला पनि नेतृत्वमा आएका छैनन् । वडामा भने पाँच जना महिला नेतृत्वमा आएका छन् ।

न्युज कारखाना