🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दसैँमा व्यक्तिगत चिन्ताभन्दा निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने हुन्छ : एसपी दानबहादुर कार्की

काठमाडौं, २७ असोज। चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ ।

घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

कपिलवस्तुमा हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गर्ने र दसैंको टीकाकै दिन बिसर्जन गर्ने कार्यक्रम हुँदै आएको छ । बिसर्जन गर्ने क्रममा डिजे बजाउने, उफ्रिने र खासगरी कृष्णनगरमा झडप भएर मान्छे मृत्यु हुनेसम्मको घटना हुँदै आएको छ ।

त्यसकारण टीकाको दिन टीका लाउनेभन्दा पनि कर्तव्यबोधको दायित्वले त्यहाँ चनाखो भएर ड्युटीमा खटिनुपर्ने अवस्था छ । म आफू विदामा जान्न । अन्य टोलीलाई पनि मूर्ति बिसर्जन कार्यलाई शान्तिपूर्ण र हिन्दु मुस्लिमका बीचमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेपछि मात्रै विदामा जाउला भनेर स्टाण्डबाई राखिएको छ ।

दसैं मनाउने कुरामा अरु ठाउँमा जस्तै अष्टमी, नवमीमा मौलो पूजा गर्ने, सबै प्रहरी कर्मचारीसँग सँगै बसेर खाना खाने हुन्छ । टीकाको दिनमा मेरो घरपरिवार नै प्रहरी कार्यालय भएकाले इच्छुक प्रहरीहरु टीका लाउन पनि आउँछन् । तर यसपालि त्यो हुँदैन ।

सम्पूर्ण प्रहरी कर्मचारी दुर्गा बिसर्जन कार्यक्रममा अझ सक्रियताका साथ खट्नुपर्नेछ । कपिलवस्तुमा दुर्गामूर्ति सेलाउने नै त्यस दिन पर्ने हुनाले अलि नमिल्ने स्थिति छ । मैले आमाको हातबाट टीका नलगाएको ५ वर्ष भयो । यसपालि पनि टीका लाउन आएन, बाँचिन्छ कि मरिन्छ के हो, भेट पनि भएन भन्ने गुनासो आमाबाट आउँछ ।

तर, एउटा बुझाई के छ भने छोरोको जागिर नै यस्तो छ, सेवा गर्ने हो, यो आउन्न, हामी पनि घर छोडेर हिँड्न पाउँदैनौं, अरु बच्चा पनि हुन्छन् त्यसले पनि लाउन पाउँदैन भनेर आमाले पिर गरेर रुनुहुन्छ । अब यसो फकाउनुपर्छ ।

यसो हुँदा खल्लो त लाग्छ । तर आफू शान्ति सुरक्षा कायम गर्ने दायित्वमा बसेको भएर व्यक्तिगत चिन्ता भन्दा पनि हामीले निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने भएकाले केही खल्लो भए पनि अब बानी परिसक्यो, स्वभाविक भइसक्यो ।