काठमाडौं, फागुन १५ \\ न्युनतम मापदण्ड पूरा गरेर ग्याँस भर्न (बोटलिङ गर्न) ग्याँस उद्योगहरुलाइ गुणस्तर तथा नापतौल विभागले बारम्बार ताकेता गर्दापनि ३१ ओटा ग्याँस उद्योगहरुले मापदण्डमा आउन इन्कार गरेका छन्।
बजारमा पाइने अधिकांश ग्याँस सिलिण्डरको पिंधमा आधा केजीभन्दा बढी लेदो हुन्छ। गुणस्तर विभागको मापदण्डभित्र आउँदा यस्तो लेदो नियमित सफा गर्नुपर्ने हुन्छ।
मापदण्डभित्र रहँदा सिलिण्डरको धातु (फलाम) मोटो हुनुपर्छ। फुटरिङ मजबुत हुनुपर्छ, नियमित हाइड्रोलिक टेष्ट गर्नुपर्छ र भल्ब नियमित मर्मत गर्नुपर्छ।



