🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, दर्जन बढी घाइते

 अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ  । एक दर्जन बढी घाइते छन् । 

जन्ती बोकेको से १ च १७६३ नम्बरको जीप आइतबार राति ११ बजे पञ्चदेवल बिनायक नगरपालिका–१ मा दुर्घटना भएको हो । जीप विनायक बजारतर्फ फर्किंदै थियो । 

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का जीवन जैसी, सर्व बोहरा, जीवन न्यौपाने र हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । 

दुर्घटनाका १४ घाइतेलाई नेपालगञ्ज रिफर गरिएको छ । यीमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ब्याक गर्ने क्रममा दुर्घटना भएको जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । चालक फरार भएपछि प्रहरीले खोजी कार्य थालेको छ ।