काठमाडाैं हान्ने क्रममा बडामहाराज पृथ्वीनारायण शाहले नुवाकोट-बेलकोट-ककनी-शिवपुरी-सिन्धुकोटलगायत जितिसकेपछि मल्ल राजाका काजी रहेका पर्शुराम थापाले षड्यन्त्र गरी बडामहाराजलाई फसाउन उसले मल्ल राजाविरुद्ध हमला गर्न उक्साउछ। तर भित्रभित्रै भने गोर्खा पश्चिमका राजाहरुको गठबन्धन बनाइ गोर्खामाथि हमला गर्ने योजनामा पर्शुराम थापा दलबल सहित कास्की पोखरा पुगेको कुरा बडा महाराजलाई पक्का भयाे । त्यसपछि मल्ल राजाका काजी पर्शुराम थापालाई मार्नै पर्ने जरुरी बडामहाराजलाई पर्दछ।
यो विशेष कामका लागि बडामहाराज पृथ्वीनारायण शाहले सैनिक कमाण्डरहरुसँग छलफल गर्दा र पोखरा जाने कुरामा कोही न बोलेको अवस्थामा काजी झागल गुरुङ अघि सरेर आफू पोखरा जाने घोषणा गरेको देखि बडामहाराज खुशी भै स्याबासी दिएर उनले आफ्नो कम्मरमा भिरेको खुकुरीलगायतका गुप्ती हतियार समेत् काजी झागल गुरुङलाई दिन्छन्।
अब झागल पोखरा पुगी गाइनेको भेषमा सारंगी बोकेर हातमा "सहर माछा " समेत् झुन्ड्याइ पर्शुराम थापाको नजिकै पुगेर झाङल गुरुङले पर्शुरामलाई मूला काटे झैं काटेर फर्के। पर्शुरामसँग ठूलै दल-बल थियो। तापनि झाङल गुरुङले ठूलो साहस र बहादुरीले काम गरेका थिए ।
मैले झागल गुरुङलाई " काजी " लेखेको छु र लेखिरहनेछु। कारण, त्यस बखत राजाको सभामा बोलाइनेहरु काजी नै मानिन्थे ।
दिब्य उपदेशमा पनि बडामहाराज श्री ५ पृथ्वीनारायण शाहले झाङल गुरुङ नाम लिएका छन् । तसर्थ झाङल साना पदका मान्छे पक्कै थिएनन् भन्ने मेराे ठहर हाे । तर नेपालको ईतिहासले भने झागललाई काजी दिएको छैन ।
(सुझावकाे अपेक्षासहित-प्रेम)



