🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौँ र भैरहवाबीचको खेल रद्द

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । 

    यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ । काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । काठमाडौँले ५ खेलमा ३ अङ्क जोड्यो   । ललितपुर प्याट्रियट्सले समान ३ अङ्क जोडे पनि काठमाडौँ नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो ।

    लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा छ । त्यस्तै समान सात अङ्क नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । 

    साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् । भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ । 

    त्यस्तै काठमाडौँले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ । उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख पाउनेछ ।