काठमाडौं, फागुन १४ \\ आज सोमबार अर्थमन्त्रालयको कार्यभार सम्हालिसकेपछि त्यहाँ जम्मा भएका मन्त्रालयका अधिकृतहरुलाइ सम्वोधन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच सूत्रीय प्रतिवद्धता ब्यक्त गरे।
- लोककल्याणकारी राज्यव्यवस्थाको अवधारणामा राज्यको अभिभावकत्वको भूमिकालाई सुदृढ बनाउने र त्यसका लागि निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने । राज्यको परिपूरक भूमिकामा रहने ।
- सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने । अर्थतन्त्रमा पारदर्शिता, अनुसाशन र कुशलतालाई प्राथमिकता राखिने ।
- हाल मुलुकमा देखिएको समस्या बाहृय कारणले नभई आन्तरिक कारणले नै भएको हुनाले वित्तीय प्रणालीका संरचनात्मक समस्याको समाधान गरिने ।
- आन्तरिक र बाहृय निजी क्षेत्रलाई परिचालन गरेर लगानी भित्र्याउन अधिकतम प्रयास गर्ने । लगानी बोर्डलाई क्रियाशील बनाउने ।
- अन्तर्राष्ट्रिय सहयोगलाई राष्ट्रिय स्वार्थमा परिचालन गर्न आवश्यक पहल गर्ने ।
अर्थमन्त्रीको सम्वोधनपश्चात् अर्थसचिव शङ्करप्रसाद अधिकारीले भने, “नेपालको अर्थतन्त्रलाई राम्रोसँग बुझेको अर्थमन्त्री हामीले पाएका छौं। मन्त्रीज्यू आफैं अर्थतन्त्रको अवस्थाबारे जानकार हुनुहुन्छ। आमाको अगाडि मामाको के बखान गर्नु।”



