बेझाड, ३ माघ : पाल्पाको रामपुर नगरपालिका ५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही थिएन । घरव्यवहार चलाउन र व्यवसाय गर्नका लागि कसैले सहयोग गरेनन् ।
तर गाउँमै रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएसँगै उनको जिन्दगी नै फेरियो । सहकारीबाट ऋण लिएर सुरु गरेको तरकारी र कुखुरापालन व्यवसाय नै अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।
करिब ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालनबाट न्यौपानेको परिवारको वार्षिक आम्दानी रु ४ लाख सम्म हुन्छ । अहिले गाउँका धेरै घरपरिवार सहकारीबाट ऋण लिएर व्यवसायमा लागेर सफल पनि भएका छन् । (रासस)



