🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

७८ देशद्वारा संयुक्त राष्ट्रसंघको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयनका निम्ति आग्रह

संयुक्त राष्ट्र।  डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८  देशहरूले बिहीबार आह्वान गरेका छन्।

ती देशहरूले संयुक्त वक्तव्य जारी  गर्दै जातीय भेदभाव, सामाजिक पूर्वाग्रह, प्रहरीको ज्यादती र सामाजिक असमानता बारे गहिरो चिन्ता व्यक्त गरेका छन्।  यस वर्ष डीडीपीएको वीसौं वार्षिकोत्सव हो । यस अवसरलाई राज्य र सरोकारवाला निकायले (डीडीपीए) को कार्यान्वयन गर्दै जातिवाद, जातीय विभेद, जेनोफोबिया, अशहिष्णुता विरुद्धको लडाइँकोरूपमा लिनुपर्ने बताइएको छ। 

 सबै मानव  जन्मजात स्वतन्त्र र समान छन् र उनीहरूको समाजमा रचनात्मक योगदान गर्ने क्षमता छ भन्ने कुरामा जोड दिँदै वक्तव्यमा भनिएको छ, "जातीय श्रेष्ठताको कुनै पनि सिद्धान्त वैज्ञानिक रूपमा झुटो, नैतिक रूपमा निन्दनीय, सामाजिक रूपमा अन्यायपूर्ण छ र यसलाई खारेज गरिनुपर्छ। 

विज्ञप्तिमा भनिएको छ- नस्लवाद, जातीय भेदभाव, जेनोफोबिया र सम्बन्धित असहिष्णुताको कुप्रभावले समाज आज पनि आक्रान्त छ र यसको अन्त्यका लागि यथाशीघ्र डीडीपीएको कार्यान्वयन हुनुपर्छ ।  

अफ्रिकी र अफ्रिकी मूलका मानिसहरू, एशियाली र एशियाली मूलका मानिसहरू र आदिवासीहरू लामो समयदेखि प्रणालीगत नस्लवाद, जातीय भेदभाव र घृणाजन्य अपराधबाट पीडित छन्।(रासस-सिन्ह्वा)