🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बडा महाराजका छाेरा वीर सिपाही राजकुमार बहादुर शाह

बडामहाराज पृथ्वी नारायण शाहका जेठा छोरा राजा प्रतापसिंह र कान्छा छोरा बहादुर शाह  नाम गरेका दुई  भाइ थिए । वि. सं. १८१४ असार ६ गते जन्मेका बहादुर शाह पिता जस्तै " तिखारिएका वहादुर सिपाही" मा गनिएका थिए। यी राजकुमारमा सुख सयल भन्ने कुरा टाढा विषयबस्तु थियो। बडामहाराज पृथ्वी नारायण शाह पितासंगै नेपाल एकीकरणका युद्धहरुमा सानै उमेरदेखि वहादुरीका साथ भाग लिएकाे इतिहास पढ्न पाइन्छ । यी  राजकुमार बहादुर शाहले  युद्धभूमिमा पिता र सेनाकाे साथ छाडेनन्।
यी महान सिपाही राजकुमार बहादुर शाहले नेपाली सेनाको विकास र विस्तार गरी वर्तमान कास्कीदेखि हाल भारतको सतलज नदीसम्मको राज्य  बिस्तार गरेकाे इतिहास रहेकाे छ। राजकुमार बहादुर शाहले तिब्बत्सँग २ पटक र चीनसँग १ पटक युद्धकाे नेतृत्व गरेर युद्ध लडाए।
भतिजा राजा र चतुर मुख्तियारको षड्यन्त्रमा यी देशभक्त राजकुमार बहादुर शाहलाई विभिन्न आरोप लगाएर जेल हालियो। जुन जेल रहेको स्थानमा अहिले काठमाडौं हनुमान ढोका पश्चिममा परोपकार हाई स्कूल बनेको छ।

इतिहासमा लेखिए अनुसार जेलमा उनलाई खाने तेल उमालेर उनको जिउमा खनाएर यातना समेत दिइयो। सोही पीडा र घाऊले उनको देहवासन वि.सं. १८५४ असार १४ गते भयो ।