🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बजारमा नक्कली पेय पदार्थ र रक्सीको बिगबिगी

काठमाडौं । भारतीय एम टी आर कम्पनीबाट उत्पादन हुँदै आएको बदाम जुसको नक्कल गरेर नेपाली बजारमा सोही प्रकारको जुस बिक्री वितरण भइरहेको फेला परेको छ । फ्रुट एग्रो नामको कम्पनीले भारतीय कम्पनीको बट्टासँग ठ्याक्कै मिल्ने गरी नक्कली स्टिकर र ट्रेडमार्क प्रयोग गर्दै बदाम जुसउत्पादन गरेर बजारमा पठाएको उजुरीको आधारमा उद्योग विभागले कारवाही प्रक्रिया अगाडि बढाएको बर छ । 
भारतीय कम्पनीले आफ्नो नक्कल गरी सोही प्रकारको सामान उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण गर्ने काम भएको उजुरी विभागमा दिएपछि यस्तो रहस्यको खुलासा भएको बताइन्छ ।

 करिव तीन महिना अगाडि एम टी आर कम्पनीले दिएको उजुरीको आधारमा नेपाली बजारबाट यस्तो नक्कली जुसफेला परेको विभागका कानून उप–सचिव दीपक घिमिरेले जानकारी दिए । भारतीय कम्पनीको उजुरीको आधारमा बजारमा यस्ता सामान खुल्ला र छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेको अवस्थामा फेला पारेको जानकारी बिभागश्रोतले दिएको छ ।

यस्तै रोयल स्टेग रक्सीको बट्टामा रोयल सर्ट नामको नक्कली स्टीकर र ट्रेडमार्क टाँसेर बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यप्रति खेलबाड गर्दै ठगीगर्ने काम भइरहेको  विभागले जानकारी दिएको छ । त्यसरी नक्कली स्टीकर टाँसेर बजारमा अवैध कारोवार गर्ने कम्पनीविरुद्ध विभागले सम्बन्धित जिल्ला कार्यालयमार्फत कारवाही प्रक्रिया अगाडि बढाएकोउप–सचिव घिमिरेले साँघुलाई बताए ।

त्यस्तै गोल्डेन वकको बट्टामा लेवल नक्कल गरी उसैको बोतलमा नक्कली स्टिकर टाँसेर बजारमा छ्यापछ्याप्ती बनाइएको खबर छ । खुल्ला रुपमा यस्ता नक्कली रक्सी बिक्री वितरण गरेर अवैध कारोवार भइरहेको पाइएपछि विभागले कानूनी कारवाहीको प्रक्रिया पनि अगाडि बढाएको खबर छ । बारा डिष्टिलरी, रोयल ट्याग र धनुषा डिष्टिलरीको बोतल प्रयोग भएको पाइएपछि ती कम्पनीको उत्पादन रोकेर कारवाही अगाडि बढाइएको विभागले जनाएको छ । 

यसैबिच, चाडवाडको समयमा दैनिक उपभोग्य खाद्य बस्तुमा पनि मिसावट गरेर आम उपभोक्तालाई ठगी गर्ने गिरोह सक्रिय हुन थालेको छ । १० महिना खासै सक्रिय नहुने तर दशैं, तिहार, छठ पर्व आएपछि दशैं बजारको नाममा सहुलियत पसल खोल्ने सरकारी नीति व्यवहारिक नभएको उपभोक्ताहरूको गुनासो रहेको छ । १२ महिना नै यस्ता सहुलियत पसल खोल्न र सञ्चालन गर्न सरकार तयार भएको खण्डमा बिचौलिया र नक्कली सामान उत्पादन गरेर आम उपभोक्तालाई ठगी गर्नेगिरोह आफैं ठेगान लाग्नसक्छ ।