🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेमा ८ बुँदे माग राख्दै अर्कै याेजना बनाउँदै प्रभु साह ?

काठमाडौं । माओवादी छोडेर एमाले प्रवेश गरेका प्रभु साहको राजनीति फरक बाटोमा केन्द्रित हुन थालेको छ । आईटी आर्मीको व्यानरमा प्रदेश २ मा राजनीतिक यात्रालाई सक्रिय बनाउन थालेका साहले नयाँ पार्टी बनाइसकेका भने छैनन् । उनी नयाँ पार्टी बनाउने प्रयासमा छन् । तर, केही महिना भने एमालेभित्रै पुरानै नेकपाकाे नीतिका लागि अन्तरसंघर्ष गर्ने रणनीति बनाएको उनी निकट श्रोतले बतायो ।

एमालेमा रहेका पूर्वमाओवादी नेताहरुसँग पनि खासै सम्पर्क र छलफलमा नरहने साह एमालेका बैठकमा पनि त्यति धेरै झुल्किदैनन् । तीन दिन चलेको केन्द्रीय कमिटीको बैठककै सामुन्नेमा भने साहले ८ बुँदे माग राखेका थिए ।

  एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा पुगेका बेला साहले भने विधान महाधिवेशन रोकेर माओवादी  समेत समेटेर एकता महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन् । त्यही तर्कका आधारमा ८ वटा  माग राखेका हुन् । त्यसको खास मक्सद चाहिं एमालेका स्थायी कमिटी सदस्यको बार्गेनिङ रहेको बताइएको छ ।

एमालेमा केन्द्रीय कमिटीमा मात्रै रहेका साहले स्थायी कमिटी सदस्यको बार्गेनिङ गरेर सकेसम्म प्रदेश २ को इञ्चार्ज पनि हुने बताइरहेका छन् । एमालेका नेता रघुवीर महासेठ र सत्यनारायण मण्डलको आपसी खिचातानीका कारण प्रदेश २ मा एमालेको जग कमजोर छ । व्यक्तिगत रुपमा एमालेका यी दुई नेताभन्दा जनमतमा साह बलियो देखिएका छन् । त्यसैले आफ्नो जनमतको आधारमा पनि एमालेले मूल्यांकन गर्नुपर्ने तर्क साहको छ ।

   त्यसो नभएको अवस्थामा प्रभु नयाँ पार्टी बनाउने प्रयासमा जुटेको छन् । साहको अहिलेको प्रयास नयाँ भने होइन । माओवादीमै हुँदा मधेश कम्युनिष्ट पार्टी गठन गर्ने तयारीमा जुटेका थिए ।

त्यतिबेला साहले हिम्मत जुटाउन सकेनन् र माओवादीभित्र पनि बाबुराम भट्टराईनिकट मानिएका साह कम्युनिष्ट पार्टी छोडेर जान नसकिने भनेर बाबुरामसँगै नयाँ शक्तिमा गएनन् । प्रचण्डकै साथमा रहेर त्यतिबेला अवसरको खोजीमा लागेका थिए । नेकपा बनेपछि उनी सरकारमा जान चाहन्थे । प्रचण्डले साहलाई मन्त्री बनाएर पठाएनन् । त्यसैले गर्दा उनी झन् रुष्ट थिए ।

  त्यही बेला एमाले अध्यक्ष केपी ओलीको प्रस्ताव आएपछि मन्त्री बन्न पुगेका साह एमालेमै रहे पनि मन भने खुसी बनाउन नसकेको आफ्ना कमरेडहरुलाई बताउछन् । एमालेले अंगिकार गरेको जबजको पक्षमा पनि साह छैनन् । 

साहले ८ बुँदे मागमा मात्र होइन्, अरुबेला पनि जबज स्वीकार गर्न नसक्ने बरु जनताको जनवादलाई परिस्कृत गर्दै लैजानुपर्ने तर्क गरिरहेका छन् । तर, अहिले नै चाहिं एमालेको स्थायी कमिटी सदस्यका लागि  बार्गेनिङ गरिरहेको एमाले नेताहरुको भनाई रहेको छ ।