🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

८३४ मा कोरोना सङ्क्रमित : नौ जनाको मृत्

काठमाडौँ, १० असोज (रासस ) : पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आठ हजार ५८९ जनाको पीअीसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २७९ जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नौ सङ्क्रमितको मृत्यु भएको छ ।

देशभर १९ हजार १४२ जना सक्रिय सङ्क्रमित छन् । सत्र हजार ८१३ होम आइसोलेशनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन् ।

देशभर २३० सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।