🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजावादीको जुलुसमा हिमानी 

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह राजावादी समूहको जुलुसमा सहभागी भएकी छन् । 

तराई मधेस राजावादी संगठन, नेपालले बुधबार आयोजना गरेको प्रदर्शनमा हिमानी प्रत्यक्ष सहभागी भएकी हुन् । 

हिमानी ट्रष्टमार्फत सामाजिक कार्यमा सहभागी हिमानी राजतन्त्र पुनस्र्थापना पक्षधरको प्रदर्शनमा पहिलो पटक स–शरीर सहभागी भएकी हुन् । मास्क लगाएकी हिमानीले प्रदर्शनको अग्रपंक्तिमा उभिएर साथ दिएकी थिइन् । 

राजाको पक्षमा नारावाजी गरेका सहभागीले २०४७ को संविधान लागू गर, हिन्दूराष्ट्र कायम गर, राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए । 

राज संस्था स्थापनालाई आफ्नो मुद्दा बनाएर दर्जन बढी संघ–संगठन सक्रिय छन् । यस्ता संगठनहरूले सञ्चालन गर्ने गतिविधिमा पूर्वयुवराज पारस शाह सहभागी हुने गरे पनि पूूर्वराज परिवारका अन्य सदस्य स शरीर सहभागी बनेको सम्भवतः यो पहिलो घटना हो ।