काठमाडाैं । खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले २०७८ असाेज ५ गते शिकार गर्ने उद्देश्यले आएका बझाङ जिल्ला, खप्तड छान्ना गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५९ को दिल बहादुर जेठारा र बर्ष ३५ को वीरेन्द्र बहादुर कार्कीलाई पक्राउ गरेकाे छ ।
सोही गाउँपालिकास्थित पौवागढी स्थानबाट देहाय अनुसारको सामग्रीहरु सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरामा बुझाईएको जानकारी नेपाली सेनाले दिएकाे छ ।
सिकारीहरूकाे साथबाट भरुवा बन्दुक नाल – १, बन्दुको गोली थान – ५, बारुदको डिब्बा थान – २ र भरुवा बन्दुको केप डिब्बा थान – १ सेनाले बरामद गरेकाे थियाे ।



