🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपत्यकाका तीन मालपोतका तीनै थरी कुरा !

ललितपुर । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुर अन्तर्गत गोटीखेलमा स्थापना भएको सेवा कार्यालय दक्षिणी भेगका स्थानीय जनताका लागि प्रभावकारी हुन नसकेको जनगुनासो छ । महांकाल गाउँपालिकामा सेवा कार्यालय स्थापना भएपनि त्यसले कोन्ज्योसोम र बागमती गाउँपालिका भित्रका सवै वडाहरूलाईसमेत समेट्न नसकेको बताइन्छ । सेवा कार्यालय अपायक भएको कारण बाग्मती र कोन्ज्योसोम गाउँपालिकाका २–२ वडाबाहेका अन्य वडाका नागरिकहरू जग्गा व्यवस्थापनको लागि लगनखेलसम्म धाउन बाध्य छन । 

जिल्लाकै गोदावारी वा महालक्ष्मी नगरपालिकालाई समेट्ने गरी कुनै क्षेत्रमा सेवा कार्यालय स्थापना गर्न जरुरी रहेको स्थानीय नागरिकहरू बताउँछन । यो कुरा ललितपुर जिल्लाका राजनीतिक दलका नेता, निर्वाचित सांसद र मन्त्री भइसकेकाहरूलाई पनि राम्ररी जानकारी छ । तर उनीहरूले सिंहदरवारसम्म यो विषय पु¥याउन नसकेकोमा स्थानीय नागरिकले आक्रोश व्यक्त गर्दै आएका छन् ।

हाल गोटीखेलमा रहेको मालपोत सेवा कार्यालयमा पुग्नका लागि नागरिकले करिव २५किलोमिटरभन्दा बढी सडक पार गर्नुपर्ने बाध्यता रहेको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले साँघुलाई बताए । मुलुक संघीयतामा गएसँगै सिंहदरवारको अधिकार गाउँगाउँ पुगेको प्रचार खुबै गरियो । तर ललितपुर दक्षिणी भेगका स्थानीयको समस्या जहाँको तहीँरहेको गुनासो स्थानय बासिन्दा रहेको छ । यहाँका जनताले कहिलेसम्म यस्तोसास्ती बेहोर्नुपर्ने हो अझै केही भन्न सकिने अवस्था नरहेको गुनासो स्थानीयले व्यक्त गरेका छन ।

जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा हुँदै आएको भिडभाड र चापमा तत्कालै कमी आउने कुरामा कर्मचारीहरू पनि विश्वस्त छैनन् ।थप मालपोत सेवा कार्यालय स्थापनाका लागि अहिलेसम्म कुनै माग र पहल जिल्लाबाट नभएको भूमिसुधार तथा अभिलेख विभागश्रोत बताउँछ । स्थानीय जनता र जिल्लाका राजनीतिक दलका नेताहरूले माग नगरेसम्म विभाग र मन्त्रालयले काम अगाडि बढाउन नमिल्ने विभागको भनाई छ ।

महांकालको गोटीखेलमा रहेको सेवा कार्यालयले बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको २–२ वडाहरूलाई समेट्दा पनि जिल्लाको १० प्रतिशत नागरिकलाईसमेत सेवा दिन नसकेको गुनासो छ । वागमती र कोन्ज्योसोम गाउँपालिका भित्रका पनि धेरै वडाकानागरिकहरू अहिले जग्गा प्रशासनको कामका लागिलगनखेल पुग्न ४५–५० किलोमिटरसडक पार गर्दै धाउन बाध्य छन् । सेवा कार्यालय पनि प्रविधिमैत्री नभएकोले काममा एकदमै ढिलाई हुने गरेको गुनासो सेवाग्राहीहरूको गरेका छन् ।

जिल्लाको हालत झन दयनीय !
यता जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयको अवस्था झन दयनीय अवस्थामा रहेको बताइन्छ । हाल भइरहेको मालपोत कार्यालय पुरानो त छ्रँदैछ त्यसमाथि पनि अत्यन्तै साँघुरोरहेको छ । जसका कारण भूमिसुधार कार्यालय मालपोत कार्यालय भन्दा १ किलोमिटरको दुरीको अलग्गै भाडाको घरमा राख्नु परेको छ । जसका कारण सेवाग्राही अत्यन्तै मर्कामा परेको जनगुनासो छ । हाल भइरहेको कार्यालय भवनपुरानो ढाँचाको र सेवाग्राहीमैत्री नभएको कारण सेवाप्रवाहमा एकदमै समस्या रहेको गुनासो कर्मचारीहरूले गर्दै आएका छन । साँघुरो र अँध्यारो कोठाहरू भएको कारण कार्य सम्पादन गर्न कठिनाई हुने गरेको गुनासो बढेपनि सम्बन्धित निकायको कानमा बतास लाग्न सकेकोछैन । सेवा लिन आएका सेवाग्राहीहरू पनि सजिलोसँग सेवा नपाएको र लामो समयदेखि यस्तो गुनासो गर्दा पनि सुनुवाई हुन नसकेको सेवाग्राहीबद्री तिम्लिसेना बताउँछन ।

जिल्लामा बढ्दो जनसंख्या र शहरीकरणका कारण पनि जग्गा प्रशासनको काम दिनप्रतिदिन बढ्दोक्रममा रहेको छ । तर कार्यालयको अवस्था पुरानै ढर्राको छ ।काठमाडौंमा ६ ठाउँमा मालपोत कार्यालय स्थापना गरिदा ललितपुरमा भने राजनीतिक दल र स्थानीय निकायको खासै ध्यान गएको पाइँदैन । जिल्लाभित्र खुलेको सेवा कार्यालय पनि प्रविधिमैत्री नहुँदा जिल्लाको ९० प्रतिशत नागरिक जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा धाउन बाध्य हुँदाभिडभाड र चाप झन बढेको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्य बताउँछन् ।

गोदावारी वा महालक्ष्मी नगरपालिकामा सेवा कार्यालय विस्तार गरेको खण्डमा भने जिल्ला कार्यालयमा दैनिक लाग्ने गरेको चाप र भिडभाडमा ५० प्रतिशत कमी आउने आँकलन कर्मचारीले गरेका छन् ।

मालपोत जिल्लाकै नमुना कार्यालय !
भूगोलको हिसावले नेपालको सवैभन्दा सानो जिल्ला हो भक्तपुर ।  यहाँको भूमिसुधार तथा मालपोत कार्यालयलाई जिल्लाकै नमुना कार्यालयका रुपमा विकास गरिएको छ । हाल भइरहेको मालपोत भवनलाई सूर्यबिनायक नगरपालिकाको आर्थिक सहयोगमा पुरै प्रवलीकरण गरिएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा सूर्यबिनायक नगरपालिका अन्तर्गत पर्ने वडाहरूबाट ३८ करोड ३९ लाख २३ हजार राजश्व संकलन गरेर बुझाएको थियो ।

यही कारण नगरपालिकाले भूमिसुधार तथा मालपोत कार्यालयलाई जिल्लाकै नमुना कार्यालयका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरेको छ । नगरपालिकाले भौतिक संरचना, सूचना प्रविधि, कर्मचारी व्यवस्थापन, सेवा प्रवाह, आर्थिक प्रशासन, अभिलेख व्यवस्थापन जस्ता आवश्यक सुधारका काम सम्पन्न गरिसकेको छ ।

हाल संचालनमा रहेको कार्यालय भवनका स–साना कोठाहरू र साँघुरो प्यासेजलाई भत्काएर फराकिलो बनाइएको छ । घाम लागेको दिनमा पनि दिउँसै बत्ति बाल्नुपर्ने अवस्था रहेकोमा अहिले यसको अन्त्य गरिएको छ । बढ्दो शहरीकरण र जनसंख्याका कारण पनि जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको चाप बढ्दो छ । सेवा कार्यालय विस्तार हुन नसक्दाभूमिसुधार तथा मालपोत कार्यालयमाबढेको अध्यधिक कार्य चाप र बोझलाई सहजीकरणका लागि कार्यलय भवनालाई प्रवलीकारण गर्नुको विकल्प हामीसँग थिएन । सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापा भन्छन् ‘हामी मालपोत कार्यालयलाई जिल्लाकै नमुना कार्यालयको रुपमा विकास गर्न लागि परेका छौं ।’

हाल कार्यालय भवनलाई सेवाग्राही मैत्री बनाई सरल,सर्वसुलभ, पारदर्शी, छिटोछरितो रुपमा सेवा दिनसकिने गरी विकास गरिएको छ । जसअन्तर्गत एकद्वार प्रणालीबाट सेवा प्रदान गर्नको लागि भवनको भित्री भाग भत्काएर परिवर्तन गरिएको छ । सेवाग्राहीलाई सेवा प्रवाहको लागि सजिलो होस् भनेर आल्मुनियको पार्टेशन गरेर भित्री भाग खुल्ला बनाइएको छ । शौचालयलाई मर्मत गर्दै नयाँ सामाग्री पनि जडान गरिएको छ । 
पुरै भवनमा विद्युतीय लाइन जडान, नेट केवल लाइन जडान, सेवाग्राही प्रतिक्षालयका लागि आवश्यक फर्निचर, कुर्सी,रङरोगन, टोकन मेसिन जडान, विद्युतीय सूचना प्रवाह, ल्याप्चे, तामेलीमा नयाँ फर्निचरको व्यवस्थापन, सिसी टिभी जडान, इन्टरकम टेलिफोनको व्यवस्था, धारा पानीको व्यवस्था, सूचना पाटी र विद्युतीय हाजिरी र श्रेस्ता व्याण्डिङको आदिको व्यवस्था नगरपालिकाले गरिएकोप्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारी बताउँछन ।

कंलकी मालपोतलाई सहयोग नै सहयोग
गत आर्थिक वर्षमा कलंकी मालपोत कार्यालयले २ अर्व २५ करोड ८४ लाख ९७ हजार ८ सय ९७ रुपैंया राजश्व संकलन ग¥यो । उठेको यो कुल राजश्व रकममध्ये कार्यालयले कीर्तिपुर नगरपालिकालाई १३ करोड ६९ लाख ४२ हजार बुझाएको छ । यसैगरी दक्षिणकाली नगरपालिकालाई १० करोड ६३ लाख ४८ हजार रनागार्जुन नगरपालिकालाई २७ करोड १४ लाख १० हजार बुझाएको छ । मालपोत कार्यालयले जुन नगरपालिका अन्तर्गतबाट उठेको राजश्व हो ती नगरपालिकाकै खातामा जम्मा गरिदिएपछि कार्यालयलाई यतिवेला सहयोग नै सहयोग मिलेको मालपोत कार्यालयका कर्मचारी बताउँछन ।

नागार्जुन नगरपालिकाले २० लाख खर्च गरेर कार्यलयमा सभाहल निर्माण गरिदिएको बताइन्छ । उता चन्द्रागिरी नगरपालिकाले तामेली फाइल व्यवस्थापनमा ७ लाख खर्च गरिदिएको छ भने कीर्तिपुर नगरपालिकाले पुरै मालपोत कार्यालयको रङरोगन गरिदिएको कर्मचारी बताउँछन । काठमाडौं खानेपानी विकास बोर्डले एटिएम पिउने पानीको व्यवस्था मिलाइदिएको छ ।यो मालपोत भवन आधुनिक भएकोले प्रविधिमैत्री हुनुका साथै सेवाग्राहीले छिटोछरितो र सहज रुपमा सेवा लिन सक्ने बातावरण रहेकोप्रमुख मालपोत अधिकृत टेकेन्द्रराज अर्याल बताउँछन ।

हाल कार्यालय परिसरमा १ सय २९ भू–सेवा केन्द्र स्थापना गरिएका छन । सवै काम भू–सेवा केन्द्रमार्फत हुने गरेकोले सेवाग्राहीका लागि बिचौलियाहरूको कुनै आवश्यकता नपर्ने कर्मचारीहरू बताउँछन । तर अझै पनि आम सेवाग्राही शिक्षित भइनसकेकोले बिचौलियामार्फत काम गराउँदा मात्र भरपर्दो र बिश्वासिलो हुने बुझाई रहँदै आएको छ ।