🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तेह्र करोडका खरिद आपूर्ति नै भएन : किन गोदाममै थन्किए सशस्त्रका सामान ?

काठमाडौं । समयमा खरिद कार्य अघि नबढाउँदा सशस्त्र प्रहरीहरू आवश्यक सामान उपयोग गर्नबाट बञ्चित भएका  छन् । यसबाट सशस्त्र प्रहरीको सेवा प्रवाहमा नै असर पर्ने खतरा बढेको छ । 

 सशस्त्र प्रहरी नियमावली, २०७२ मा खपत अवधिको आधारमा विभिन्न ४७ किसिमका पोशाक तथा सामान उपलब्ध गराउने व्यवस्था छ । गत वर्ष यही नियमावलीअनुसार, सशस्त्र प्रहरी कर्मचारीहरूका लागि व्यक्तिगत पोशाकका सामानहरू खरिद गर्न रु. ३९ करोड ९४ लाख बजेट विनियोजन भएको थियो । १३ प्रकारका पोशाक खरिद गर्न रु. ३६ करोड १६ लाख ६४ हजारको सम्झौता समेत गरियो । तर गुणस्तर असफल, कोभिड–१९ जस्ता कारण तीन खरिद सम्झौताका सामान आपूर्ति हुन सकेन । प्रहरी कर्मचारीलाई दिइने आवश्यक पोशाकलगायत सामग्री खरिद नभएपछि समस्या देखिएको हो । 

 गत वर्ष समयमा खरिद कार्य अघि नबढाउँदा तयारी चुस्ता १ लाख ७६ हजार ९६८ थान, पीटी जुत्ता १ लाख ८ हजार ३८५ जोर, डी.सी. एम. बुट ३८ हजार ६१२ जोर, पार्क ज्याकेट ३४ हजार ९५६ थानसमेत विभिन्न ८ प्रकारका ५ लाख ३० हजार परिमाण सामान अपुग भएको छ । सबैलाई पुग्नेगरी सामान उपलब्ध नभएपछि सशस्त्रले त्यसलाई वितरण नगरी स्टोरमा थन्क्याएर राखेको बताइएको छ । सशस्त्र प्रहरी नियमावलीअनुसार चुस्ता वर्षमा २ जोर, पी.टी जुत्ता वर्षमा १ जोर, ऊनी कम्बल २ वर्षमा २ थानलगायत दिने प्रावधान छ । 

 त्यसैगरी, गत वर्ष नै खरिदका लागि सम्झौता भएका चुस्ता, फ्लेक्जिबल सिंगल मास्टर अपरेसन्स उपकरण, ऊनी जर्सी, म्याट्रेससमेत रु. १२ करोड ७८ लाख ६५ हजार मूल्यका मालसान आपूर्ति नभएको पाइएको छ । सशस्त्रले गत वर्ष रु. ५५ करोड २४ लाख ९७ हजार रूपैयाँको खरिद सम्झौता गरेकोमा १२ करोड ७८ लाख ६५ हजार मूल्यका मालसामान आपूर्ति हुन नसकेको हो । आपूर्ति भएका मालसामान स्वीकृत गुणस्तरबमोजिम नहुनु यसको मुख्य कारण रहेको बताइएको छ ।