🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँंडा, १२ फागुन (रासस) :  नेपाल पुलिसलाई ट्रइबेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

फागुन १२ गते  भएको फाइनलमा खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि विजेता त्रिभुवन आर्मीले रु पाँच लाख तथा उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै त्रिभुवन आर्मीका विमल पाण्डेले रु ५० हजार प्राप्त गरेर त्यस्तै उत्कृष्ट गोलकिपरमा आर्मीकै विकेश कुथु घोषित हुँदै रु २० हजार, उत्कृष्ट डिफेन्स नेपाल पुलिसका दिनेश राजवंशी, वेष्ट फरवार्ड नेपाल पुलिसकै अभिषेक रिजाल, वेष्ट मिड फिल्डर पुलिसकै तेज तामाङ घोषित हुँदै जनही रु १५ हजार प्राप्त गरे ।

विजेतालाई नेपाली सेनाको मध्यमाञ्चल पृतनापति उपरथी प्रभुराम शर्मालगायतले पुरस्कार प्रदान गरे  ।
–––